काठमाडौँ । आठ विश्वविद्यालयको उपकुलपति पदका लागि २ सय १८ जनाले आवेदन दिएका छन् ।
बुधकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार माग गरिएका आवेदनको विवरण अनुसार २ सय १८ ले आवेदन दिएका हुन् ।
मन्त्रालयले २०८३ बैशाख २५ मा प्रकाशित सूचना अनुसार अनलाइन माध्यमबाट प्राप्त आवेदनको संख्याबारे जानकारी दिएको हो । त्रिभुवन विश्वविद्यालयमा ५०, पूर्वाञ्चल विश्वविद्यालयमा ३८, पोखरा विश्वविद्यालयमा ३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेका छन् ।