तेह्रथुम/लसुने वजार र आसपासका क्षेत्रको पर्यटकीय विकासका लागि लसुने बजारमा लसुनको पोटी सहितको स्तम्भ निर्माण गरिएको छ । मसला र औषधीको रुपमा प्रयोग हुदै आएको लसुनको नामबाट लसुने नाम रहन गएको किंवदन्तीको आधारमा बजार क्षेत्रमा लसुनको स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माण समितिका संयोजक धर्मराज खड्काले बताए । lasun ko photo
सोल्मा र सुङनाम गाविसको संगम स्थल लसुने वजारमा लसुनको पोटी, वोट र पात सहितको स्तम्भ निर्माण गरिएको छ । सुङनाम गाविसको ७ र ८ वडामा लसुनको खेती धेरै हुन गरेके छ ।१५ फिट अग्लो स्तम्भ निर्माणका लागि ९ लाख रुपैंया लागेको लसुन स्तम्भ निर्माण समतिले जनाएकोछ ।  स्तम्भ बजारको विच भागमा सवारी आवागमनलाई असर नपर्ने गरी निर्माण गरिएको संयोजक खड्काले वताए । यो बजार क्षेत्र मध्य पहाडी लोकमार्गमै पर्ने भएकाले भविष्यमा पुर्वी पहाडको पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले पहिलो प्रयास स्वरुप लसुनको स्तम्भ निर्माण गरीएको बजार व्यवस्थापन समिति अध्यक्ष गणेश सेनेले वताए । स्तम्भ कलाकार चन्द्रमान लिङखाले बनाएका हुन् । स्तम्भ निर्माण पछि बजार क्षेत्रका घरका रङग एकै प्रकारमा बनाइने समितिले जनाएको छ ।
बजारलाई सफा र स्वस्थ राख्न ढल र सार्वजनीक शौचालय निर्माणलाई पनि तिव्रता दिईने बजार व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै पर्यटकीय विकासका लागि लसुने बजार आसपासका क्षेत्रलाई समेटर लसुने करीडोेरको पनि निर्माण थालीने समिति संयोजक खड्काले वताए । बजार भन्दा केही माथि रहेका पात्ले पोखरी, रातपोखरी, पाँचपोखरी, बन्दुके पोखरी, भुतपोखरी लगायतका ऐतीहासीक तथा पर्यटकीय महत्व बोकेका पोखरीको संरक्षण र प्रचार प्रसार गरीने समितिले जनाएको छ । यी सवै कामका लागि समितिले २ करोड रुपैंयाको बजेट सार्वजनीक गरेको छ । ‘सकेसम्म एक–आपसमा रकम संकलन गरेर विकासका काम गर्छौ’ स्तम्भ निर्माण समितिका संयोजक खड्काले भने ‘नपुग रकम सरकार संग माग गर्छौ ।’