पथरी/ 'सुरुमा त कसैलाई विश्वास नै लागेको थिएना,शनिबार सधै माताले पुजाआज गर्ने बारे गाउँको सबैलाई थाहा भए पनि त्यस तर्फ कसैले चासो नै देखाएकै थिएना ।' पहिल्लो समयमा जब–जब शनिबार हुन्छ त्यहाँका स्थानीय एक पछि अर्को हेर्ने र झारफुक गर्नु मन्दिरमा जादाँ ‘लिम्बू भाषा’बाट माताले आधा घण्टा सम्म फलाके(बोले)पछि गाउँका सबै जना चकित भएका थिए । माझीको छोरी मगरको बुहारीले त्यहाँका लिम्बू जातीले भन्दा राम्रो मन्दिर भित्र ‘लिम्बू’ भाषामा फलाकनु(बोल्नु) थाले पछि चकित भएका हुन । यस्तो चकितले गर्दा आसपासको गाविस, नगरपालीका सवै तिर चर्चा चल्दै आएको छ । budhasubba मोरङको बयरवन–८ मा घरभएका कविता मगर माझीले एक बर्ष अघिदेखि पथरीशनिचरे–११ स्थीत दोहलु शुक्रबारेमा साना–साना मन्दिर बनाएर मिनी बुढासुब्बाको पुजाआज गर्दै आएकी छिन् । स्थानीय जितबहादुर माझीले १३ धुर जग्गा बुढासुब्बा मन्दिरको नाममा दिएपछि माता कविता मगर माझीले आफै बुढासुब्बाको मन्दिर स्थापना गरेको स्थानीय सुवास राईले बताएका छन् । सुरुमा धेरै विरामी भएपछि आफ्न्तहरुले मोरङको कसेनीमा झारफुकको लागी लगेका थिए । त्यहाँका माताले बुढासुब्बासुब्बेनी उत्रेको छ भन्दै झारफुक गरिदिएका थिए । माताले भनेअनुसार गाउँमा आएर बुढासुब्बासुब्बेनीको पुजाआज गरेपछि निक्को भएको उनीले बताइन् । उनले भनिन्–‘पहिला धेरै विरामी भएर धेरै रकम सकिएको अहिले म स्वास्थ छु ।’ आफुलाई शरिर कामेर फलाक्नु थालेपछि मेरो मन्दिर त्यहाँ बनाएर शनिबार र मंगलबार पुजाआज गर्नु र मन्दिर बनाउदा माटो त्यहाँबाट ल्याउने जस्ता सवै कुराहरु बुढासुब्बासुब्बेनीले आफूलाई भनेकोले विभिन्न देवताको मन्दिर बनाएर पुजा गर्दै आएको छु उनले भनिन् । अहिले मन्दिर परिसरमा मुल मन्दिर बुढासुब्बाको र गणेश,शिव,विष्णु,देवी,दन्तकाली मन्दिर,पाथिभरा माताको मन्दिर स्थापना गरेको छ । b अहिले शनिबार विरामीहरुको भिडभाड भएर होला भाकल गर्ने र जोखना हेराउनेको भिड हुर्दै गएको स्थानीय जीवन भुजेलले बताए । अहिले गाउँका सवैले विश्वास गरेपछि त्यहाँका मठमन्दिर निमार्णमा स्थानीय जुटेका छन् । धर्ममा आस्था राख्ने गाउँका सवैले कसैले ठुला–ठुला घण्टी,त्रिशुल,शिवको मुर्ति,गणेशको मुर्ति जस्ता किनेर ल्याइदिने बचन दान समेत गरी सकेको माता कविताले बताइन् । मन्दिर आसपासमा आदिवासी जनजातीको बसोबास बहुल्य रहेको छ । गाउँमा अहिले मन्दिर व्यावस्थपनको लागी बुढासुब्बा मन्दिर व्यावस्थापन समिति नै गठन गरेर लागी परेका छन् । समिलिेले गाउँका स्थानीयहरुबाट भेटी संकलन गरेर लगभग २लाख ५० हजार बराबरको शिवको मन्दिर निमार्ण कार्य अन्तिम चरणमा पुर्याएको समितिका अध्यक्ष नाराण पाण्डेले बताए । बुढासुब्बासुब्बेनीले भोग खाने भएकोले अरु मन्दिर त्यहाँबाट टाढा बनाएको अर्का मन्दर संरक्षक जिवन भूजेलले बताए । हिन्दु धार्मीक लम्बीहरुले मनाउने बोलबम आगामी साउनको ३ गते सोमबार देखि यस मन्दिरमा नै सुरुगर्ने तयारी रहेको समितिले जनाएको छ । यहाँका धर्मलम्बीहरु टाढा–टाढा जाने गरकोले अव टाढा जानु नपर्ने भएको छ । मन्दिर नजिकैको नदि डाँस खोलाबाट जल ल्याएर शिवको मन्दिरमा चढाएर चिताएको कुरा माग्न सकिने त्यहाका समितिले जनाएको छ । समितिले साउन ३ गते मोरङ क्षेत्र नं. २ को सभासद चण्डी प्रसाद राई र पथरीशनिचरे नगरपालीका कार्यकारी अधिकृत विनोद भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिर संरक्षक जीवन भूजेलले बताए । पूर्वपश्चिम राजमार्ग पथरी बजार देखि लगभग ७ किलो मिटर दक्षिण गएपछि मिनी बुढासुब्बाको मन्दिर आउँछ ।   c