हिले/धनकुटा नगरपालिका वडा नं.१ हिले स्थित् बक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिले आयोजना गरेको संस्थाको सातौं वार्षिक उत्सव तथा नागपञ्चमी मेलामा आईतवार सम्पन्न भएको छ । mela हिले वजार देखी २ किलोमिटर पश्चिममा रहेको वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा हरेक वर्ष नाग पञ्चमीको दिन मेला लाग्ने गर्दछ । नागपञ्चमी मेलासंगै आयोजक संस्थाले आईतवार मेलामा उपस्थित् भक्तजनहरुको कल्याण,नागहरुको उपसना, सम्पुर्ण धनकुटेलीहरुको स्वास्ती शान्ति र कल्याणको निम्ति श्रीमद भागवत एकाह महापुराण आयोजना गरिएको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरका मुख्य पुजारी धनवहादुर घिमिरेले वताएका छन् । एकाह महापुरण पण्डित श्री गुरुप्रसाद पोख्रेलको संयोजनमा १३ जना ब्राम्हणहरुद्धारा पुराण वाचन तथा स्वास्तीपाठ गरेका थिए । नागपञ्चमी मेलाको समउद्धघाटन समोराहका प्रमुख अतिथि श्री नं.२ वाहिनी अड्डा हिलेका सहायक रथि बाबुकृष्ण कार्कीले गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख अतिथि कार्कीले बक्रकुण्ड पञ्चेश्वर महादेवले सम्पुर्ण भक्तजनहरुमा कल्याण र स्वास्ती शान्ती मिलोस भन्ने शुभकामना व्यक्त गरेका थिए । साथै उनले वक्रकुण्डलाई व्यावस्थित् गर्न भौतिक, नैतिक सहयोग गर्न आफूहरु सदा तयार रहेको र आगामी दिनमा पनि निरन्तरता दिने वचन सहितको प्रतिवद्धता जनाएका थिए । कार्कीले आफ्नो पहलमा वक्रकुण्ड महादेव मन्दिरको भौतिक निर्माणमा योगदान गर्न पाउँदा श्री नं.२ वाहिनी अड्डावाट खटिएका सवै सक्कल दर्जाको सैनिक अधिकृत र अहोरात्र खट्ने सैनिक जवानहरुलाई सो अवसरमा धन्यवाद समेत दिएका थिए । वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समिति हिलेका अध्यक्ष सिंह तितुङ तामाङको अध्यक्षतामा सम्पन्न नागपञ्चमी मेला उद्धघाटन समारोहमा समितिका प्रमुख सल्लाहकार एवं स्थानिय शान्ति समितिका संयोजक लालचन्द्र गोङ्गवा तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी सोम प्रसाद अधिकारी, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ धिताल, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख विभुतीराज पाण्डे, होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरे, व्यावसायी भुपेन्द्रकट्वाल लगायतले आ–आफ्नो धारणा राख्दै बक्रकुण्ड पञ्चेश्र महादेवको मन्दिरलाई व्यावस्थित् गर्न सवै सरोकारवालाहरुले सक्दो सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । मेला उद्धघाटन समारोहमा वोल्ने अधिकांश वक्ताहरुले बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरलाई पुर्वको धार्मिक पर्यटनको केन्द्र वनाउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा मन्दिर व्यावस्थापन समितिका प्रमुख सल्लाहाकार लालचन्द्र गोङ्गवा तामाङ मन्दिरको भौतिक पुर्वाधार विकासको लागी सहयोग गर्ने श्री नं.२ वाहिनी अड्डाका सहायक रथि बाबुकृष्ण कार्की लगायत मन्दिर निर्माणमा सहयोग पु¥याउने उच्च सैनिक अधिकृतहरुलाई मायाको चिनु स्वरुप खदा र कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए । सो अवसरमा तामाङले भक्तजन, उधोगी व्यावसायी, स्थानिय प्रशासन, स्थानिय संचारकर्मी लगायत सहयोग गर्ने सवै सहयागी हातहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन समितिका सचिव भोगेन्द्र थापाले गरेका थिए । सो अवसर विभिन्न टोलवाट आएका दिदिवहिनीहरुले घण्टौंसम्म भजन, कृतन समेत गरेका थिए । मेलामा हजारौंको संख्यामा सहभागी थिए । मेलाको उद्धघाटन हुनु पुर्व हिले वजारमा कलस यात्रा समेत निकालिएको थियो । नागपञ्चमीको अवसर पारेमा मेलामा आएका एक जोडी धनकुटा–१ हिलेका सुरेश मगर र उजेली राईले भने संगै जिउने वाचा गर्दै विवाह समेत गरेका थिए ।