इटहरी/गत वैशाखमा इटहरी–५ की अर्जुनराम राईकी श्रीमती घरमा बसिरहेको बेला तीनजना अपरिचित मानिस आए । आपूmलाई पैसाको सङ्कट परेर सुन बेच्नुपरेको भन्दै ती मानिसले सुनको बिस्कुट देखाए । उनी पनि प्रलोभनमा परेर ९ हजार रुपैयाँ र नोकिया मोबाइलमा सुनको बिस्कुट साटिन् । पछि थाहा भयो– त्यो सुनजस्तो देखिने नक्कली सुन हो । प्रहरीमा खबर गरियो । ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ ग¥यो । ठगीमा संलग्न मोरङको उर्लाबारी–१ का ४९ वर्षीय सन्तोष श्रेष्ठ, उनका भाइ ४० वर्षीय राजकुमार श्रेष्ठ र सुनसरीको बबिया–८ की २० वर्षीया सञ्जु शर्मालाई इटहरी प्रहरीले पक्राउ ग¥यो ।
इलाका प्रहरी कार्यालयका अनुसार अहिले उनीहरुलाई सुनसरी अदालतमार्पmत् कारवाही अघि बढाएको इटहरी प्रहरीले जनाएको छ ।यसैगरीे बिस्कुटको आकार र रङमा सुनजस्तो देखिने वस्तु देखाएर ठगी गर्ने योजना बनाउँदै गर्दा कात्तिक ७ गते पनि भारतीय नागरिक ३३ वर्षीय सन्तोषकुमार नेपालीलाई इटहरी प्रहरीले पक्राउ ग¥यो । नक्कली सुनको बिस्कुट देखाएर उनले गोरखा डिपार्टमेन्टअगाडि एक महिलालाई ठगी गर्न लाग्दा प्रहरीमा खबर पुग्यो र ती महिला ठगिनबाट जोगिइन् । यता गत भदौ १२ गते इटहरी–५ की कृष्णमाया गौतमको घरमा आएका अपरिचित व्यक्तिले सुनको गहना भए टल्काइदिने भन्दै गहना मागे । गौतमले घाँटीमा लगाएको सुनको सिक्री मैलो भएको थियो । खुसी भएर उनले सफा गर्न दिइन् ।
सफा गरी सिक्री कागजमा पोका पारेर ती व्यक्तिले दिएपछि हेर्दा सिक्री आधा घटिसकेको थाहा पाइन् । ती अपरिचित व्यक्ति त्यहाँबाट हिँडेपछि ठगी गर्ने मान्छेको खोजी भयो । प्रहरीले ठगी गर्ने भारतीय नागरिक २५ वर्षीय बलरामकुमार शाहलाई पक्राउ ग¥यो । उनी अहिले ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।यसैगरी सुनका गरगहना सफा गर्ने भन्दै कुनै अपरिचित मान्छे आउन सक्छन् । तिनले नक्कली सुनको बिस्कुट देखाएर प्रलोभनमा पार्न सक्छन् तर सतर्क हुनुहोस् । यस्ता मानिस यति बेला प्रहरीको समेत निगरानीमा छन् । उनीहरुले सुन धुने नाममा रसायन प्रयोग गरी सुन निकाल्ने र सुनको बिस्कुटजस्तो देखिने वस्तु सस्तोमा कसैले दियो वा आपूmलाई आर्थिक समस्या परेको बहाना ग¥यो भने ऊ ठगी गर्ने मानिस हुन सक्ने प्रहरीले बताएको छ ।
अघिल्लो वर्ष पनि चाडबाड नजिकिँदै जाँदा र प्रायः गरेर घरमा महिलाहरु मात्रै बस्ने दिउँसोको समय पारेर यस्ता अपरिचित मानिसहरु बस्तीमा डुलिरहेका हुन्छन् । उनीहरु ठगी गर्ने उद्देश्यले आएको हुनसक्ने भएकाले आपूmहरुलाई तुरुन्त खबर गर्न प्रहरीले आग्रह गरेको छ । विशेष गरी दशैँ, तिहार, तीजलगायतका गरगहनाको उपयोग गरिने चाडबाड नजिकिँदै जाँदा पूर्वका विभिन्न स्थानमा यस्ता समूहहरु सक्रिय भएको विश्लेषण गर्दै प्रहरीले निगरानी बढाएको छ । यस सम्बन्धमा सर्वसाधारण नै सचेत हुनुपर्ने इटहरीका डीएसपी नरेशराज सुवेदीले बताए । सुन सफा गर्ने बहानामा यो समूह लामो समययता पूर्वका विभिन्न स्थानमा घुम्ने गरेको भए पनि सुनजस्तो देखिने वस्तुको बिस्कुट देखाएर ठगी भएको घटना पछिल्लो समय बढेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।यस्ता समूहहरु बढी मात्रामा भारतीय नागरिक भएको पनि प्रहरीले जनाएको छ ।
दिउँसो ठगी गर्ने र राति भारत पुग्ने भएकाले उनीहरु एकपटक ठगी गरेको दोहो¥याएर जाँदैनन् । पछिल्लो समय भित्रिएको नक्कली बिस्कुट पनि भारतबाटै आउने गरेको प्रहरीद्वारा पक्राउ गरिएका भारतीय नागरिक सन्तोष नेपालीले प्रहरीलाई बयान दिएका छन् । यस्तो ठगी गर्ने समूह र नक्कली बिस्कुट कहाँबाट आउँछ भन्नेबारेमा अनुसन्धान थालिएको इटहरीका डीएसपी सुवेदीले बताए । अघिल्लो आर्थिक वर्षमा इटहरीमा मात्रै एक दर्जनभन्दा बढी यस्ता ठगीका मुद्दा चलेको पनि प्रहरीले जनाएको छ ।