काठमाडौं/भारतीय राष्ट्रपति प्रणव मुखर्जी भारतको राजधानी दिल्लीबाट काठमाडौंका लागि उडेका छन् । राष्ट्रपति मुखर्जी इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका उनको आधिकारिक ट्वीटकर ह्याण्डलमा उल्लेख छ ।
‘नेपालको तिनदिने एतिहासिक भ्रमणका लागि राष्ट्रपति मुखर्जी प्रस्थान गरे,’ ट्वीटरमा लेखिएको छ । नेपाली समय अनुसार बिहानको ११ः ४७ बजे ट्वीटरमा नेपालका लागि प्रस्थान गरेको उल्लेख छ ।