धरान/माझी परिवारको कथामा आधारित ‘पुरानो डुङ्गा’को प्रमोशनको लागि निर्देशकसहित कलाकार टोली पूर्वको धरानमा आइपुगेको छ ।
[caption id="attachment_19037" align="alignnone" width="1024"]

तस्बिर: भाेजराज श्रेष्ठ[/caption]
मंसिर १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार प्रशारमा निर्देशक रामबाबु गुरुङसहित कलाकार प्रियंका कार्की र दयाहाङराईसहितको टोली धरान आइपुगेको हो । बेगनास तालमा डुंगा चलाएर परिवार पाल्ने एक माझीको कथामा फिल्म आधारित रहेको छ ।
ती माझीको परिवारमा जव अंशबण्डा हुन्छ र आफ्नो भएको सम्पत्ति डुंगा भाइको भागमा परेपछि उसको परिवार के हुन्छ ? यस्तै कथा फिल्मले बोकेको निर्देशक गुरुङले बताए । उनले त्यसपछि के हुन्छ भन्ने बारेमा फिल्म ‘पुरानो डुंगा’ हेर्न मंसिर १० गते हलमै पुग्नु पर्ने बताए ।
फिल्ममा दयाहाङ, प्रियंकाको अलवा माओत्से गुरुङ जो फिल्मको लिड रोलमा छन् । त्यस्तै मेनुका प्रधान, बुद्धी तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ लगायतको अभिनय देख्न सकिन्छ । फिल्मको लेखन निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ ।
एककरोड १० लाखको लागतमा निर्माण भएको फिल्म हलमा लाग्नु पूर्व नै फिल्मको लगानी उठाइसकेको निर्माण युनिटले बताएको छ । पोखरा र बेगनास ताल वरीपरी नै छायांकन गरिएको फिल्ममा दयाहाङ भाइको रोलमा देखिएका छन् । फिल्मको निर जहिले रिसाउने बोलको गीत फिल्म चल्नु अघि नै प्रख्यात भइसकेको छ । फिल्ममा ३ वटा गीतहरु रहेका छन् ।