काठमाडौँ/व्यवस्थापिका–संसद्को आजको बैठकमा सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ प्रस्तुत भएकाे छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकको तर्फबाट सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सो विधेयक प्रस्तुत गरिएकाे छ । रासस