धरान/केही सार्वजनिक अपराधलाई छाडेर अध्ययन गर्ने हो भने पूर्वमा लागूऔषध नै प्रहरीको लागि 'मूख्य चूनौति’ को रुपमा रहेको पाइएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषध कारोबार र ओसारपसारका मुद्दा नै बढी हुने गरेको पाइएको हो । अपराधीहरुले सीमाना जोडिएका जिल्लाहरुबाटै लागूऔषध कारोबार गर्ने आर्थिक वर्ष २०७२/०७३ को तथ्या‌‌‍‍कमा देखिन्छ । लागूऔषधको हकमा खुल्ला सीमाना नै प्रहरीको प्रमुख चूनौति हो भन्नलाई तथ्याब्क नै काफी छ । त्यसो त बेलाबेला प्रहरीका उच्चपदस्थ अधिकृतहरुले लागूऔषधसँगै अन्य अपराधहरुलाई नियन्त्रण गर्न नसक्नुको पछाडीको मूख्य जड खुल्ला सीमाना रहेको बताउँदै आइरहेका छन् । र, यो समस्या प्रहरीको लागि जटिल रहेको प्रहरी अधिकृतहरु नै स्वीकार्दै आइरहेका छन् । आव ०७२/०७३ मा पाँचसय ६ वटा लागूऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेको देखिन्छ । यो तथ्याब्क केही सार्वजनिक अपराधपछिको हो । केही सार्वजनिक अपराधमा एकहजार ७ सय ७८ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको लागि केही सार्वजनिक अपराध जति चुनौति छ त्यो भन्दा बढी चूनौति लागूऔषध ओसारपसार र नियन्त्रणमा छ । 'लागूऔषधको समस्या नै खुल्ला सीमाना हो ।’ सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल भन्छन् । खुल्ला सीमाना रहेका झापा, मोरब, सुनसरी, सप्तरी, र सिराहाका विभिन्न नाकाहरुबाट लागूऔषध भित्रिने गरेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले निकालेको तथ्याब्कमा देख्न सकिन्छ । तथ्याब्क भन्छ, 'आव ०७२/७३ मा झापाबाट एकसय १४, मोरबबाट एकसय २५, सुनसरीबाट एकसय ७६, सप्तरीबाट १७, सिराहाबाट ५२ वटा मुद्दा दर्ता भएका छन् ।’ जवकी अन्य जिल्लाबाट नगन्य मात्रामा कारोबारी तथा प्रयोगकर्ता पक्राउ गरेको देखिन्छ । आँकडा अनुसार इलामबाट ४, धनकुटामा एक, भोजपुरमा २, उदयपुर २४ छन् । अन्य जिल्लाको अवस्था सून्य छ । त्यसो त, नेपाल प्रहरीले लागूऔषध नियन्त्रणको लागि छुट्टै रणनीति बनाउने गरेको छ ।   क्षेत्रीय प्रहरी कार्यालय विराटनगरलेसमेत स्थानीय स्तरमा थप रणनीतिक योजनाहरु बनाउने गरेका छन् । क्षेत्रीयले अनुसन्धान समूह नै छ । जसले लागूऔषधदेखि विभिन्न अपराधहरुमा सक्रिय हुने गरेको छ । लागूऔषधको हकमा कारोबारी घट्नुको सट्टा बढिरहेको तथ्याब्कले नै पुष्टी गरेको छ । 'सुनसरीमा मात्रै ६४ किलोमिटर सीमाना खुल्ला छ । वर्खाको बेला केही असहज भए पनि हिउँदका बेला जुनसुकै क्षेत्रबाट कारोबारी प्रवेश गर्न सक्छन् ।’ एसपी पोखरेल भन्छन् । चालु आर्थिक वर्षको तीन महिनामा एकसय ४० वटा लागूऔषध कारोबारी पक्राउ गरिसकेको तथ्याब्क छ । नेपाल प्रहरीको लागि खुल्ला सीमाना नै अपराधको लागि जटिल बन्ने गरेको छ ।   एसपी पोखरेल थप्छन्, 'यता गरेको कतिपय अपराधहरुको सेल्टर भारत हुने गरेको छ । कतिपयका नेपाल र भारतका नागरिकता छन् । त्यसले पनि बस्नलाई सहज गरेको छ ।’ छोटो समयमा राम्रो फाइदा कमाउने भएकाले पनि कारोबारीहरु अपराधको सञ्जाल फैलाइरहेका छन् । अन्य जिल्लाको तुलनामा सुनसरीमा लागूऔषध कारोबारीसमेत बढी छन् । सुनसरी पहाडी जिल्लाको हवको रुपमासमेत रहने गरेको प्रहरी अधिकृतहरु नै बताउँछन् । नाकामा चेकजाँच कडाई गर्दा कहिलेकाही नाकामै भित्रिने क्रममा पक्राउ हुने गरेको छन् । सबैभन्दा धेरै कारोबारी र प्रयोगकर्ताहरुसमेत सुनसरीमै रहने गरेको तथ्या‌क लागूऔषधको क्षेत्रमा कार्यरत संस्थाहरुले निकाल्ने गरेका छन् । यसले पनि लागूऔषध प्रहरीको लागि जटिल अपराधको कोटीमा पर्ने गरेको छ । भयावह बन्दै आत्महत्या अपराधकै सूचीमा पर्ने आत्महत्या प्रहरीको तथ्याब्कमा हरेकवर्ष बढ्दो देखिन्छ । आत्महत्या भयावह बन्दै गएको तथ्याब्कले पुष्टी गरेको छ । आव ०७२/०७३ मा एकहजार एकसय १ जनाले हामफालेर, वीष सेवन गरेर, औजार प्रयोग गरेर, झुण्डिएर र आगो लगाएर आत्महत्या गरेको देखिन्छ । आत्महत्याको दर बढ्नुको पछाडीका विभिन्न कारणहरु रहेको मनोचिकित्सकहरु बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक रोग विभागका डा. मधुर बस्नेतले आत्महत्यको एउटै कारण नभए पनि अनुसन्धानहरुले ९० देखि ९५ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको देखाएको बताए । चालु आर्थिक वर्षको तीन महिना मै २ सय ८१ जनाले आत्महत्या गरेको देखिन्छ । पूर्वमा सबैभन्दा बढी आत्महत्या गर्ने दर झापामा देखिन्छ । झापामा २३९ जनाले आत्महत्या गरेको देखिन्छ भने मोरबमा १८३ जनाले आत्महत्या गरेको देखिन्छ । सुनसरीमा १३३ जनाले आत्महत्या गरेको देखिन्छ । यसअघिसम्म इलाममा आत्महत्या दर सबैभन्दा बढी थियो । तर, अहिले त्यो दर घटेर चौथो जिल्लामा परको छ । आव ०७२÷०७३ मा एकसय एकजनाले मात्रै आत्महत्या गरेको देखिन्छ । त्यसो त आत्महत्याको अन्य कारणहरुसमेत रहेको डा. बस्नेत बताउँछन् । उनका अनुसार समाजमा आउने विग्रह, गृहयुद्ध, सामाजिक सुरक्षामा खलबल, समाजमा आतंक भएको समय, त्रासदी पूर्ण वातावरण भइराख्ने, परिवारको विग्रहलगायतका कारणहरु छन् । यसपटक भूकम्पप्रभावितहरु क्षेत्र आत्महत्याको दर बढेको देखाएको थियो । जर्वजस्ती करणी बढ्दै प्रहरीको एकवर्षको तथ्याब्कलाई केलाउँदा जर्वजस्ती करणी पनि बढ्द्र गएको देखाएको छ । आव ०७२/०७३ मा २९० वटा जर्वजस्ती करणी मुद्दा दर्ता भएको छ भने चालु आर्थिक वर्षको असोजसम्म ९१ वटा जर्वजस्ती करणीका मुद्दा दर्ता भइसकेका छन् । प्रविधिमा सहज पहुँच हुँदै गएकालेसमेत जर्वजस्ती करणीहरु बढ्दै गएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । अपराध सबैभन्दा बढी सुनसरीमा क्षेत्रीय प्रहरी कार्यालयको तथ्याब्क अनुसार सबैभन्दा बढी अपराधिक कृयाकलाप र मुद्दा दर्ता सुनसरीमा हुने गरेको छ । झापा दोस्रो नम्बरमा आउँछ । सुनसरीमा एकहजार चारसय ४१ कुल अपराध हुँदा झापामा एक हजार एकस ९७ वटा अपराधिक मुद्दा दर्ता भएको देखाएको छ । सिराहा चौथो नम्बरमा आउँछ । सिराहामा ५ सय २४ वटा मुद्दा दर्ता भएका छन् । मोरग तेस्रो नम्बरमा आउँछ । मोरगमा आव ०७२/०७३ मा ९ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याब्कमा पनि सुनसरी नै पहिलो नम्बरमा आउँछ । सुनसरीमा चारसय तीन मुद्दा दर्ता भएकोमा झापामा तीनसय ६५ र मोरबमा तीनसय वटा र सिराहामा दुईसय १० वटा मुद्दा दर्ता भएको देखाउँछ । एसपी पोखरेलका अनुसार सुनसरी अन्य जिल्लाको तुलनामा ठूलो र खुल्ला सीमानाको क्षेत्रफल लामो भएका कारणसमेत यो जिल्लामा अपराधिक गतिविधि बढी भएको देखिन्छ । अपराधको आँकडाले पनि खुल्ला सिमाना भएका क्षेत्रहरुमा नै बढी अपराध भएकोसमेत देखाएको छ ।