
भद्रपुर/जिल्लालाई शान्ति सुरक्षा लगायत सिमा क्षेत्रमा हुने तस्करी गतिविधी नियन्त्रण गरी चर्चामा आएका एसपीको दरबन्दी कायम भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा पाँच महिना अघि काजमा आएका एसपी शैलेस थापा क्षेत्रीको दरबन्दी कायम भएको हो ।
झापामा हाजिर भएसगै तस्करको विरुद्ध अभियान चलाएर छोटो समयमा परिचित एसपी थापालाई प्रहरी महानिरीक्षकको मंसिर ५ गतेको निर्णयनुसार दरबन्दी कायम भएको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले एसपी थापालाई एक बर्षका लागि झापामा दरबन्दी कायम गरेकोे हो । दरबन्दी कायम भएसगै गैरक्रियाकलाप नियन्त्रण हुने अपेक्षा गरिएको छ । झापामा रहेर तस्करी गर्न नपाएको भन्दै उनलाई काज फिर्ता गराउन तस्कर समुह सहित केहि उद्योगी ,व्यापारी,राजनैतिक दल दौडधुपमा लागीपरेपनि सफल हुन सकेनन अतः उनको दरबन्दी भएरै छाड्यो ।
उनलाई काज फिर्ता गराउन तस्कर समुह लागी परेको समाचार समेत ब्लाष्टमा प्रकाशित भएको थियो । सार्वजानिक स्थलमा उनले गरेको बाचा पुरा गरेकै कारण उनको दरबन्दी कायम भएको देखिन्छ । काजमा बसेका एसपी थापालाई दरबन्दीमा नराख्न व्यक्ति र व्यापारीहरु र केहि राजनितिकदलले आइजीपी समेतलाई दवाव दिएको प्रहरी निकट स्रोतले दाबी गरेको थियो । तत्कालीन एसपी ठाकुरप्रसाद ज्ञवाली एसएसपी भएर झापाबाट गएपछि उनको स्थानमा आइजीपीले एपसी थापालाई झापा पठाएका थिए । थापा झापा आउन भन्दा अघि सिमा क्षेत्रमा तस्करी गतिविधी मौलाएको थियो ।
तस्कर र प्रहरीको विचमा धैरैपटक विवाद भई गोली समेत चलेको थियो । थापा आएपछि अपराधिक समूहमा आवद्ध व्यत्तिलाई पक्राउ , मोटरसाइकल चोरीमा सम्लग्न गिरोह , नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ , सिमा क्षेत्रबाट हुने सुपारी, सुत्र्ती, फोरेनगुडस, लत्ताकपडा चोरी तस्करी नियन्त्रण गर्नुका साथै बरामद, बुधवारेमा हत्या भएका बालिकाको हत्यारालाई दिल्लीबाट पक्राउ जस्ता मुख्य काम गरेर छोटो समयमा झापाली जनातको मन जित्न सफल भएका छन् । झापाली सञ्चारकर्मीले अपराध तथा तस्करी सम्बन्धी कुनैपनि सूचना तथा समाचार सम्प्रेषण गरेलगतै तुरुन्त ‘एक्सन’ लिने गरेको पाइएको छ ।
एसपीलाई खुशी बनाएर आफ्नो काम लिन झापाका केहि उद्योगी तथा व्यापारीले चाडपर्वको समयमा स्वागत स्वरुप मिठाई, चियारङ्, मूल्यवान रक्सी ,नगद लगायतका उपहार लिएर आएका थिए । उपहारलाइ विनम्रता पुर्वक एसपीले फिर्ता पठाएपछि उपहार नस्वीकारेको भन्दै गैर क्रियाकलाप गरेर कमाउनेलाई समस्या भएको थियो । तर कर्तव्य निष्ठ एसपी झापामा दरबन्दी भएको जानकारी पाएपछि भद्रपुर लगायत झापाका नागरिक खुशी भएका छन् ।
झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले एसपीको काम गराई सन्तोष जनक रहेको बताए । नियमभन्दा बाहिर रहेर काम नगरेकोले झापाको लागी उनको आवश्यक रहेको अध्यक्ष ढकालको भनाई छ । तस्करी गर्न पाएमा एसपी राम्रो कडा गरेमा नराम्रो भन्ने हुदैन नियममा रहेर काम गर्ने व्यापारीको लागी एसपीको क्रियाकलाप ठिक देखिएको भद्रपुरका व्यापारी सञ्जीव घोषले बताए । दरबन्दी कायम भएको विषयमा एसपी थापाले आम झापाबासीको सहयोग र सदभाव पाइरहेको बताउदै अवका दिनमा पनि जनताकै हितमा डटेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । झापाबासीको सहयोगी भुमिका निरन्तर निर्वाह गरिदिन उनले अनुरोध गरेका छन् ।