27112016051101bomb-1000x0राजविराज / चौविसै घण्टा कडा सुरक्षा घेरा र निगरानीमा रहने सप्तरी सदरमुकाम राजविराज स्थित जिल्ला प्रशासन कार्यालयमा आईतवार वम फेला परेको छ । कार्यालयलाई क्षती पुर्याउने उदेश्यले कसैैैैले झोलामा लिएर आएको उक्त वम नागरिक्ता अभिलेख फाँट रहेको कोठा नं. ५ नजिकै फेला परेको हो । उक्त फाँट नजिकै रहेका एक सेवाग्राहीले वेवारिसे अवस्थामा रहेको झोला वारे प्रहरीलाई खवर गरेपछि झोला भित्र वम राखिएको खुलासा भएको हो । कार्यालयभित्र वम राखिएको हल्ला फिजीएपछि एक छिन भागदौड मच्चिएको थियो । सुरक्षाकर्मीले कार्यालय पुरै खाली गराई आवागमन रोकेका थिए । वम राखिएको वारे खवर पाएपछि पुगेको सेनाको प्राविधिक टोलीले वम निस्क्रिय वनाएको छ । जिल्ला प्रहरीका डिएसपी दानवहादुर कार्कीका अनुसार बिस्फोट गर्दा नेपाल प्रहरीका हब्लदार कणीबहादुर बिक,जवानद्वय राजेश तामाङ र बिनोद राजबंसी तथा नेपाली सेनाका जवान चन्द्रप्रकास गुरुङ घाइते भएका छन् ।  बम निष्क्रिय गर्दा छर्राले लागेर सेनाका एक जवान र नेपाल प्रहरीका तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । सेनाकाे जवानकाे मुखमा छर्रा लागेकाे छ भने प्रहरीहरुकाे हातमा छर्रा लागेकाे छ । प्रशासन कार्यालयको कोठा नम्बर–५ मा नागरिकता/राहदानी फाँट अगाडि बम राखिएको झोला फेला परेको हो । जिल्ला प्रशासन कार्यालयमा बम रहेको हल्ला भएपछि कार्यालयमा काम गरिरहेका कर्मचारी तथा सेवाग्राही त्रसित भएका थिए । बम निष्क्रिय पार्न कृष्ण दल गणका सह–सेनानी आशिष तामाङको नेतृत्वमा नेपाली सेनाको टोलीले प्रयासमा जुटेका छन् । १२:३० बजेदेखि टोलीले निष्क्रिय पार्ने प्रयास गरेर ५:३० बजे निष्क्रिय पारिएकाे छ । यता अखिल तराई मुक्ति मोर्चाले सोको जिम्मा लिएको छ । मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोईतले अज्ञात स्थलवाट सञ्चारकर्मीहरुलाई फोन गरी उक्त वम राखेको घटनाको जिम्मा लिएका हुन् । उनले तराई मधेशमा सेना प्रहरी र वन्दुकको वलमा शान्तिपुर्ण आन्दोलनलाई दमन गर्दै लैजाने सरकारको प्रवृत्ति र आन्दोलनकारीहरुको धरपकड र गैरन्यायीक हत्याको विरुद्धमा चेतावनी स्वरुप वम राखिएको स्पष्ट पारेका छन् ।