pakrau-chorसप्तरी/जिल्ला प्रशासन कार्यालयमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सिरहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार सप्तरीको मलेठ–५ बाट पक्राउ गरिएको डिएसपी दानबहादुर कार्कीले बताए । सो बम काण्डमा उनीहरुको संलग्नता रहेको पुष्टी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक साता अगाडि जिल्ला प्रशासन कार्यालय अगाडि तीन लिटरको प्रेसर कुकर बम फेला परेको थियो । सो बम जयकृष्ण गोइत नेतृवको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले राखेको जनाएको थियो ।