काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक चुनावको विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।
स्थानीय तहको चुनावमा पार्टीलाई कसरी बलियो बनाउने, चुनाव चिन्ह के हुने लगायत विषयमा छलफल केन्द्रित छ । राप्रपा र राप्रपा नेपाल मिलेर बनेको राप्रपाभित्र चुनाव चिन्ह गाई कि हलो बनाउने भन्नेमा नेताहरु विभाजित छन् ।
राप्रपाबाट आएका नेताले हलोलाई नै चिन्ह बनाउनुपर्नेमा जोड दिएका छन् भने राप्रपा नेपालमा रहेका नेताहरुले गाईलाई चिन्ह बनाउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले पनि ताकेता गरिरहेकाले आजकै बैठकले चुनाव चिन्ह टुंगो लगाउने सम्भावना धेरै रहेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।