सिरहा/ सिरहाको मिर्चैया नगरपालिकामा वडाध्यक्षको गलत सिफारिसका कारण तीन ओटा वडाको दलित बस्ती बसेको जग्गा बिक्री भएका छन् ।  पुस्तादेखि भोगचलन गर्दै आएको जग्गा वडाध्यक्षको गलत सिफारिसका आधारमा भूमाफियाले कीर्ते गरेर जग्गा बिक्री गरेको खुलेको हो ।

सिरहाको मिर्चैया नगरपालिका ९ रम्पुरामा दलित समुदायका १५ परिवार बस्दै आएको जग्गा भूमाफियाले बिक्री गरेका हुन् ।

मिर्चैया नगरपालिका–९ का वडाध्यक्ष मोहन पोखरेलले वडा कार्यालयदेखि मुस्किलले ५० मिटर दूरीमा रहेको दलित बस्तीमा घर बाटो केही नभएको बेहोरासहित १४ जेठ ०७५ मा सिफारिस दिएपछि बस्ती रहेको जग्गा किर्ते गरेर बिक्री भएको हो ।

जग्गा कारोबारीसँग मिलेर बाटोसमेत नरहेको भन्ने सिफारिस दिएर दलितहरूको उठीवास गराउने योजनामा वडाध्यक्ष लागेको स्थानीय दिनेशकुमार मण्डलले बताए ।

बस्तीको जग्गा बिक्री भएको थाहा पाएलगत्तै पछिल्लो वैशाखदेखि नै दलितहरू दौडधुप गर्न थालेपछि वडाध्यक्ष पोखरेलले आफैँ दैनिक हिँडिरहेको बाटोसमेत नरहेको र बस्तीमा घर नरहेको भन्दै सिफारिस दिएपछि यादवले उक्त जग्गा फुपूको छोराको नाममा रजिस्ट्रेसन गरिदिएको पाइएको छ ।

भरतले १० असार २०७५ मा मालपोत कार्यालय सिरहाबाट गोलबजार नगरपालिका ८ चोहर्वाका रामपरीक्षण यादवलाई दलित बस्ती रहेको जग्गासमेत रजिस्टूेसन गरिदिएको पाइएको छ। वडाध्यक्षको गलत सिफारिसले सिंगो बस्ती नै दुई-दुईजनाको नाममा बिक्री भएको पाइएपछि बुधबार रम्पुरा पुगेका पत्रकारसँग वडाध्यक्ष पोखरेलले भने, ‘मलाई उक्त जग्गामा बाटो र घर रहेको थाहा नै भएन।’

वडादेखि मालपोतसम्मको सेटिङ
तीन पुस्ताभन्दा बढी समयदेखि बस्दै आएको जग्गा दुई-दुईजनाको नाममा बिक्री हुँदासमेत वडाध्यक्ष र सचिवले बस्ती तथा घर भएको थाहा नपाएको दाबी गर्नु, मालपोतको अभिलेखमा नरहेको मितिमा जग्गा रजिस्ट्रेसन हुनुले कारोबारीले वडादेखि मालापोतसम्म सेटिङ मिलाएकोपीडितहरूको आशंका छ।

जग्गा किर्ते भएको थाहा पाएपछि पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालयमा छानबिनको मागसहित उजुरी दिएका छन् भने अदालतमा किर्ते जालसाजी मुद्दा चलिरहेको छरुभने जग्गा रोक्का छ ।

किर्ते गरेर यसरी भयो रजिस्ट्रेसन
स्थानीय रामेश्वर महराका अनुसार करिब ५० वर्षअघि सिरहा नगरपालिका ७ घर भएका मन्सुर मियाँकी आमा रासो धुनियाइन मियाँसँग फूलबरिया १ (ङ) कित्ता नं. १८ को सात का १० धुर जग्गा किनेर बस्ती बसेको हो। ‘जग्गाको रकम तिरे पनि रजिस्टूेसन भएन, आमा रासो र छोराको मृत्यु भएपछि जग्गा कारोबारीले किर्ते गरेर आफ्नो नाममा ल्याएको थाहा पायौँ,’ महराले सुनाए, ‘बस्तीका दलितहरू मालपोत, नापीलगायत कार्यालय धाएर प्रमाण जुटाउन थालेपछि वडाध्यक्ष पोखरेल र वडासचिव बिन्देश्वर साहलाई समेत प्रभावमा पारेर गलत सिफारिसका आधारमा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएछ।’ साविक लगडीगोठ ८ का रामबहादुर यादवका छोरा भरत यादवले दलित बस्ती रहेको सात का १० धुर जग्गा १० असोज ०७० मा मियाँको नामबाट आफ्नो नाममा रजिस्ट्रेसन गराएको जग्गाधनी स्रेस्तामा देखिन्छ ।

सिरहाको मिर्चैया नगरपालिका-७, फूलबरियाको महराटोलमा बस्दै आएको दलित बस्तीको जमिन वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बिक्री भएको छ । जग्गा धनीलाई पैसा तिरेर झण्डै ९० वर्षदेखि वस्दै आएको दलित बस्तीको जमिन वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवले जग्गामा घर नभएको भन्ने सिफारिस दिएको आधारमा जग्गा व्यवसायीले खरिद गरेका छन् ।

बस्ती भएको जमिन बिक्री भएको खबर पाएपछि बस्तीका दलितहरुको भोक प्यास हराएको छ । उनीहरु कहिले वडा कार्यालय, कहिले नगरपालिका कार्यालय, कहिले मालपोत त कहिले अधिकारकर्मीकोमा धाइरहेका छन् । जमिन बिक्री भएको खबर पाएपछि यहाँ रहेका २८ घर परिवार छटपटीमा परेका छन् ।

आफ्नो बुवाले नै पैसा तिरेको भए पनि साहुले जमिन पास नगरेपछि तीन पुस्तादेखि आफूहरु बस्दै आएको जमिन अरुले पास गरेको खबरले ६५ वर्षीय घुरन महरा चिन्तित बनेका छन् । उनले भने, ‘जग्गाधनीलाई बुवाले जग्गाको दाम दिए पनि आजभोलि भन्दाभन्दै पास गरिदिएनन्, अहिले उनका नातीहरुले हामीलाई सूचना नै नगरी बस्ती भएको जमिन बिक्री गरेका छन्, जमिन बिक्रीको खबरपछि हाम्रो भोक प्यास नै हराएको छ ।’

दलित बस्तीकै ५५ वर्षीय विसुनियाँ महराका बुवाले नै कल्याणपुर जब्दी ८ का जग्गाधनी हजारी साहु भन्ने रामचन्द्र साहलाई पैसा बुझाएको बताए । ‘साहलाई जमिनको मूल्य तिरेको भए पनि उहाँले तिमीहरुलाई बस्न दिएकै छु, कुनै दिन पास गरिदिउँला नि भन्दै टार्दाटार्दै उनको मृत्यु भयो, आज उनका नातीहरुले हामीलाई पत्तै नदिई जमिन बेचेछन्’, विसुनियाले थप्नुभयो, ‘हामी गरिब दलितलाई उठिवास लगाउने नियतले जमिन बेचेको हो, यसमा वडा अध्यक्षले पनि बदमासी गरेछन् ।’

जमिन बिक्री भएपछि घुरन र विसुनियाँमात्र होइन, महरा बस्तीका २८ घर परिवार चिन्तित भएका छन् । दलित बस्तीमा वस्नेहरुको बस्ने घरबाहेक अरु जग्गाजमिन केही छैन । रामचन्द्रको मृत्युपछि पनि आफूहरुले उनका छोरालाई आफ्नो नाममा जग्गा पास गरिदिन आग्रह गर्दै आएको महरा बस्तीका अगुवा बताउँछन् । रामचन्द्रका छोराले पनि आजभोलि गर्दै जमिन पास गरिदिएनन् ।

महरा बस्तीका कसैलाई थाहै नदिई उनका नातीहरु श्रवणकुमार साह, दिपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले गएको मंसिर ९ गते धनुषाको सवैला नगरपालिका-१२, रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ का जमिन बिक्री गरेका हुन् ।

यता वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताउनुभयो । उहाँले आफूबाट गल्ती भएको भन्दै अब बस्तीको जमिन फर्काउन आफूले सक्ने सबै खालको सहयोग गर्न तयार रहेको पनि सुनाउनुभयो । पुर्बमन्त्रि महेन्द्र पासमानले सिफारिसका लागि अनुरोध गर्दा आफुले सिफारिस गरेको बडा अध्यक्ष यादबले बताए ।

मन्त्रिले नै आफै आएर भनेपछि केरकार नगरेर आफुले सिफारिस गरेको समेत उनले स्पष्ट गरे । यता, पुर्बमन्त्रि पासमानले यस बिषयमा आफुलाई केहि जानकारी नरहेको बताएका छन् । बडा अध्यक्ष यादबले आफुमाथी गलत आरोप लगाएको समेत उनले बताए ।

उनले भने 'बडा अध्यक्षले सिफारिस गरेपछि मात्र मलाई थाहाँ भो, त्यसपछि मैले उनलाई यस्तो काम नगर्न सम्झाए, पार्टीमाथी आँच आउँने किसिमको काम गरेकाले बडा अध्यक्ष यादबलाई पार्टीमा कारबाहीको पनि चर्चा चलिरहेको छ ।' दलित बस्तीमा विद्युत, पानी र बाटोहरु भए पनि वडा कार्यालयले बाटो नभएको र घर नभएको सिफारिस दिएको छ ।

स्थानीय वासिन्दाहरुले वडाध्यक्ष यादवले जग्गा व्यवसायीको प्रभावमा परेर सिफारिस दिएको आरोप लगाउँदै आएका छन् । उनीहरुले वडा कार्यालय अगाडिकै दलित बस्तीको जमिनमा घर नरहेको सिफारिस दिनु अचम्म भएको पनि बताएका छन् ।

त्यसै गरि मिर्चैया नगरपालिका १० गाउँ (पिपरा) स्थित एलानी जग्गा व्यक्तिको नाममा दत्र्ता भएपछि गाँउका दलित बस्ती समस्यामा परेका छन् । साविक गम्हरीयाँ गाविस ५ हाल मिर्चैया नगरपालिका १० स्थित पिपरा टोलमा रहेको २ विघा १४ का जग्गा व्यक्तिको नाँममा कायम भएपछि पुरै दलित बस्ती नै उठिबास भएको छ ।

२००८ सालमा खटिएको बिशेष नापी टोलीले कित्ता नम्बर २४५ को ९ का १९ धुर र कित्ता नम्बर २५० को १ बिघा १ का १५ धुर र कित्ता नम्बर २४९ को १० का १३ धुर गरि सो २ बिघा १४ का जग्गा एलानी जग्गा कायम गरेका थिए ।

पुनः २०५८ सालमा गठित सुकुम्वासी आयोगले सो जग्गा साविक दुर्गापुर गाविस ३ निवासी सत्तिस कुमार महतोको नाँउमा नापी भएको पाईएपछि एलानीमा बर्षाैदेखि बसोबास गर्दै आएका करिब ७० विपन्न गरीब परिवारको होसहवास उडेको स्थानिय राअवतार मरिकले बताए ।

उक्त जग्गा एलानी पर्तिमा विपन्न गरीब परिवारका करिब ७० घर परिवार उक्त जग्गामा बस्दै आएको स्थानिय युवा अगुवा नेता रामदयाल यादबले बताए । यादबका अनुसार उक्त जग्गा भित्र करिब १५ कठामा रहेको पोखरी एलानी पर्ति भनेर गाविसले ठेक्का पट्टा लगाउदै आएको बताए । स्था

निय युवा अगुवा नेता रामदयाल यादबका अनुसार यो दलित बस्ती पुस्ता देखी नै बस्दै आएको बताउनु भयो । स्थानिय बासिन्दाले उक्त जग्गा व्यक्तिको नाँउमा नापी भएको थाहा पाएपछि उक्त जग्गा पुनः एलानी पर्ति कायम गरी पाँउ भनी स्थानियबासीन्दा राम अवतार मरिक डोम सहित ४ जनाले महतो र सुकुम्वासी आयोगलाई विपक्षी बनाई गत २०७२ चैत्र १५ गतेमा जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत सिरहाले २०७५ पुस ७ गते सुकुम्बासी आयोगले बाँडेको जग्गालाई सदर गर्दै जग्गा धनी महतो नै कायम रहेको फैसला गरेपछि दलित परिवार थप चिन्तामा परेको बताएका छन् ।

एलानी कायम रहेको जग्गा व्यक्तिको नाममा गएपछि आफुहरु उठीबासमा पर्ने सम्भावना रहेको अर्का स्थानियबासी शिबराम सदा बताउछन् । हामी बर्षाैदेखि यहाँ बस्दै आएपनि एलानी जग्गालाई

व्यक्तिको नाममा गएपछि समस्यामा परेको स्थानियबासीहरुको भनाई छ ।उक्त फैसला बदर गरी हामी न्याय पाँउ भनी स्थानिय वासिन्दाहरु डेलिकेसन लिएर जिल्ला अदालत सिरहामा पुगोका थिए ।