दमक/ राती मस्त निन्द्रमा रहेका गोपाल भुजेललाई सुतिरहेकै अवस्थामा हात्तीले घरको आगनमा पछारिदियो । मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका ६० बर्षिय भुजेल सिरक डस्ना सहित हात्तीले आगनमा पछारिदिएको त्यो दिन सम्झन् । ‘ओछ्यानमा निधाइरहेको थिए एक्कासी के भयो भन्ने थाहा भएन ।

तर भुइमा लडेपछि अगाडी भयङ्कर ठुलो हात्ती देखीयो । आत्तीएर भागे ।’ ओछ्यानबाट आँगनमा पछारेपछि उठेर भागेका भुजेलले आफ्नो ज्यान त बचाए तर घरको अन्नपात भने जोगाउन सकेनन् । वर्षभरि खान भनेर भण्डारण गरेर राखेको अन्न र उनको भण्डार कोठा सखाप भयो ।

उनी जस्तै मेची नदिको छेउमा रहेको आफ्नो खेतमा मकै रोप्ने माटो खनजोत गरिहरनु भएका स्थानीय हरिबहादुर कार्की दुइ पटक हात्तीको आक्रमणमा परिसकेका छन् । यो क्षेत्रका खेतबारीमा काम गर्ने अधिकांश किसान कुनै न कुनै समयमा खेतबारीमा काम गर्दा आक्रमणमा परेका छन् ।

भने केही त घर नै अन्नपात थन्क्याएको खान आएको हात्तीले आक्रमण गरेर ज्यानै समेत लिने गरेको छ । तीनसय चार सय हात्तीको बथान मेची खोला तेरेर चरनका लागि नेपाल प्रवेश गर्ने गर्दथे । दिनमा आउने हात्तीको बथानलाई त स्थानीयले लखेट्ने गरेका थियौ ।

तर राती आउने हात्तीले भने स्थानीयका घर भत्काउने मानिसलाई आक्रमण गरि ज्यानै लिनेसम्मका घटना हुने गरेका थिए । बालीनालीमा पु¥याउने क्षतिको कुनै हिसाब किताव नै हुदैनथ्यो स्थानीयले बताए ।

लामो समयदेखि जंगली हात्तीले हैरान बनाएको झापाको बाहुनडाँगीका बासिन्दाका लागि हात्तीको बाटो छेक्ने बिद्युतीय बार (सोलार फेन्स) प्रभावरकारी भएको छ । सोलार आर्थात सौर्य शक्तीबाट बिद्युत सप्लाई गर्ने तारको बार लगाएपछि जंगली हात्तीको आक्रमण ह्वात्तै घटेको छ ।

यसले गर्दा स्थानीय बासिन्दा ढुक्कले बस्न पाएको बताएका छन् । भारतबाट चरनका लागि नेपाल छिर्ने जंगली हात्तीको बथानले मेची नदि तरेर बाहुनडाँगी छिरेर बस्तीमा उपद्रो मच्चाउने गरेको थियो ।

बाहुनडाँगी क्षेत्रमामात्र हात्तीले अहिलेसम्ममा २१ जनाको ज्यान लिइसकेको प्रकृति संरक्षण समाज तथा ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । यसरी लगातार हात्तीको आक्रमणबाट मानिसको ज्यानै गुमाउनु पर्ने अवस्था आएपछि बिभिन्न बिकल्प समेत अपनाईयो ।

यसमा हात्तीको बाटो छेक्न गहिरो खाडल निर्माण गरियो । यसले पनि हात्तीलाई रोक्न सकेन । त्यसपछि सोला फेन्स अर्थात सौर्य बार लगाउने योजना अघि बढाईयो ।

सौर्य बार लगाएपछि भने हात्तीको उपद्रो धेरै कम भएको स्थानीय मिना कार्कीले बताईन् । यो क्षेत्रमा बिश्व बैंकको आर्थिक सहयोगमा मेची नगरपालिका ६ काँकरभिट्टाबाट वाडा नं. ४, ५ र १ मा र इलामको रोङ गाउपालिकाको ६ गरि कुल १८ किलो मिटर लामो दुरीमा बिद्युतिय तार बार लगाइएको छ ।

२०६६ सालमा १२ किलो मिटर देखि सुरु गरिएको तार बार प्रभावकारी भएपछि ७२ सालमा थप ६ किलोमिटर बढाइएको थियो । यो तार बार लगाउनकालागि बिश्व बैंकले एक करोड २० लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।

बिद्युतीय बार लगाएपछि भने बाहुनडाँगीका बासिन्दा ढुक्कले बस्न पाएका छन् । खासगरि सीमावर्ती भारत पश्चिम बंगालको गुप्ति फोरेस्टबाट नेपाल छिर्ने जंगली हात्तीको सम्भावित बाटोमा बार लगाइएको छ । बिद्युतीय तारमा जडान गरिएको अर्थिङले झड्का दिने गर्दछ ।

यो झड्का लागेपछि हात्ती पुन आउन प्रयास गर्दैन । अर्थिङको झड्काले हात्ती पनि नमर्ने क्षति पनि नहुने र बाटो समेत बन्द हुने भएकाले सबैभन्दा प्रभावकारी भएको मेची नपा वाड्न ४ वाहुनडाँगीका वडाध्यक्ष नविन बरालल बताउँछन् । अहिले किसानले लगाएको खेतीमा समेत खास क्षति हुन छाडेको छ ।

हात्ती एउटादुइवटा फाट्टफुट्ट मात्र बार नाघेर आएपनि बथान हात्ती भने आउन सक्दैनन् । यसले हामीलाई धेरै सहयोग गरेको तत्कालिन बाहुनडाँगी गाबिसका पूर्व गाविस अध्यक्ष निलकण्ठ तिवारी बताउनुहुन्छ । यसमा पनि स्थानीयले अहिले हात्तीले खाने खालको कुनै पनि खेती गर्न छाडेका छन् ।

यसले हात्तीलाई आर्कषण गर्न सक्दैन । झापा जिल्लामा मात्र २०५६ सालदेखि अहिलेसम्म ३५ जनाको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ला वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।