दमक/झापाको कमलमा गुडी रहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा शिवसताक्षी नगरपालिका ३ मंगलबार निवासी सुसन सतारको मृत्यू भएको हो ।

पूर्व पश्चिम सडक खण्डको कमल गाउँपालिका स्थित सितापुरीमा पश्चिमबाट पूर्व जाँदै गरेको मे १ त ५०४२ नम्वरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक रहेका सतारको मृत्यू भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यसै गरि सोहि सडक खण्डको चुलाचुली मोडमा पश्चिमबाट पूर्व गै रहेको को १ च ५९४८ नम्वरको भेनले पैदल यात्रुलाई ठक्कर दिएको छ ।

ठक्करबाट घाईते बनेका बिरामीको पहिचान खुल्न नसकेको र उनको उपचारका लागि अस्पतालमा उपचार भैरहेको जनाइएको छ । पैदल यात्रु बेबारिसे जस्तो देखीएकोले पहिचान खुल्न गाह्रो भएको प्रहरीको भनाई छ । दुर्घटनामा भेनका चालक मोरङ बेलबारी निवासी शिव खवास समेत घाईते भएका छन् ।