विराटनगर । मोरङको सुन्दरहरैंचामा ७ वटा टिपर आगो लगाएर ध्वस्त बनाएपछि सुरक्षा र क्षतिपूर्तिको माग गर्दै विराटनगरमा टिपर व्यवसायीले शुक्रबार सडक अवरुद्ध पारेका छन् ।
गत माघ १४ गते सुन्दर हरैंचा–११ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु पछि स्थानीयले ७ वटा टिपरमा आगजनी गरेका थिए । टिपर व्यवसायीले टिपरमा आगो लगाइरहँदा प्रहरी मुकदर्शक भएको र आगजनीमा झनै उक्साएको आरोप लगाएका छन् । टिपरको क्षतिपूर्ति साढे २ करोड उपलब्ध गराउनु पर्ने र शान्ति सुरक्षा हुनुपर्ने आफूहरुको माग रहेको टिपर व्यवसायी टेकबहादुर बस्नेतले बताए ।
विराटचौक खोर्सानेबाट आन्दोलन स्वरुप टिपरका र्याली प्रदर्शन गर्दै विराटनगर आएका उनीहरुलाई प्रहरीले विराटनगरको गेट (ढाट)मा रोकेको थियो । प्रहरीले आफूहरुको शान्तिपूर्ण प्रदर्शन रोकेको भन्दै टिपर व्यवसायीले सडकमै झण्डै २ सय टिपर तेस्र्याएका छन् । जसका कारण विराटनगर–इटहरीस्थित कोशी राजमार्गको यातायात ठप्प भएको छ । प्रहरीले रोकेपछि व्यवसायीले सडकमै टिपर राखेर नारावाजी गरेका छन् ।