१. धूम्रपान
धूम्रपान कुनै पनि बेला गर्न सकिन्छ, धुम्रपान गर्नु स्वास्थ्यलाई नोक्सान पुर्याउनु हो । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सर हुने आशंका बढी हुन्छ ।

२.रक्सी
पिउनु कतिपयको बानी यस्तो हुन्छ जो बिहान उठेर आप्mनो दिनको शुरुआत रक्सी खाएर गर्ने गर्छन् । बिहान उठ्ना साथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा असर पर्छ र हामी विभिन्न रोगको शिकार हुन सक्छौँ ।

३. रिसाउने झगडा गर्ने
दिनको शुरुआत सँधै सकारात्मक हुनु पर्छ । बिहान उठ्ना साथ कोही सँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।

४. मसालेदार खाना
बिहानको समय मसालेदार खाना खानाबाट टाढै बस्नु पर्छ । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टीकयुक्त खाना खानु राम्रो हुन्छ ।

५. कफी पिउने
संसारमै हेर्ने हो भने प्रायः सबै मानिसले आफ्नो दिनको सुरुवात गर्ने भनेको कफि खाएर हो । तर, विशेषज्ञहरुका अनुसार बिहान कफि पिउनाले कार्टिसोल (हर्मोनको नाम, जसले प्रोटीन र कार्बोहाइड्रेटको मेटाबोलिज्ममा सक्रिय भूमिका निर्वाह गर्छ) को मात्रा बढाउँछ । त्यसैले बिहान उठ्ने बित्तिकै खालि पेट कफि पिउनु राम्रो हुन्न ।

६. अशान्त हुने कार्यक्रम नहेर्ने
यदि तपाईँ बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मनै अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईको मूड विगार्ने हुँदा तपाईको स्वास्थ्यलाई पनि असर पार्ने हुन्छ । भड्किलो कार्यक्रमले तपाईलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।

७. उठेपछि फेरि सुत्ने
हामी मध्ये धेरैको बानी हुन्छ, जो बिहान उठ्न रुचाउँदैनौ । त्यस मध्ये केही यस्ता हुन्छौँ जो ओछ्यानबाट उठेर सोफा या अन्य कुनै ठाउँमा गएर सुत्ने गर्छौँ । यो बानी एकदमै नराम्रो बानी हो । यस्तो बानीले तपाईको निद्रा पुरा भएर पनि तपाईले फ्रेश अनुभव गर्न सक्नु हुन्न । जसले गर्दा तपाई दिनभर सुस्त देखिने र काममा पनि मन नलाग्ने हुन्छ ।