सिरहा । जिल्ला सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाइको मृत्यु भएको छ भने भाइ घाइते भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका–५ स्थित बुधबार बिहान टाइम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदा मिर्चैया नगरपालिका–२ का २७ वर्षीय विरेन्द्र साहको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको ना.३ स ३४२० नम्बरको टेम्पु एकआपसमा ठोक्किदा टेम्पुमा सवार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका सोही स्थानका २५ वर्षीय मुकुनदेब साहको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएुसपी खनालले बताए ।
ठक्कर दिई फरार रहेको बसलाई तत्कालै नियन्त्रणमा लिएको उनले बताए । बस र टेम्पो चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।