ब्लाष्टखबर । बराहक्षेत्र नगरपालिकाको तेश्रो नगर सभाले आर्थिक वर्ष ०७५र७६ को संसोधित पुरक बजेट तथा कार्यक्रमको साराम्श प्रश्तुत गरेको छ ।

गत असार २४ गते सम्पन्न दोश्रो नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रममा आन्तरिक आयमा सामान्य वृद्धि भएक कारण संसोधित पुरक बजेट तथा कार्यक्रमको अनुमानित बजेट सभामा प्रस्तुत गरेको नगर प्रमुख निलम खनालले बताए ।

नगरपालिकाको दुर्दृष्टी, सपना, भिजन, गन्तव्य, “ समृद्ध  बराहक्षेत्र हाम्रो सोच, कृषि, पर्यटन, प्राकृतिक श्रोत ’  रहेको बताउदै नगर प्रमुख खनालले ३ करोड २६ लाख १३ हजार ५५१ रुपैयाको पुरक बजेट प्रस्तुत गरे ।

नगरको आन्तरिक आय चालू आव ०७५/७६ मा ४.७६ प्रतिशतले वृद्धि भएको प्रमुख खनालले बताए ।

baraha-nagarpalika baraha-nagarpalika1