इटहरी/ गोरखा डिपार्टमेन्ट स्टोरको धरान शाखा विस्तार गरेको एक वर्ष पूरा भएको छ ।
 
एकै छानामुनी सबै प्रकारका घरायसी सामान उपलब्ध हुने भएपछि गोरखा डिपार्टमेन्टमा ग्राहकको आकर्षण बढ्दो रहेको डिपार्टमेन्ट स्टोरका प्रबन्धक बलराम आचार्यले बताए ।
 
पूर्वाञ्चलमै व्यवसायिक सफलताको उदाहरणीय बन्न सफल गोरखा डिपार्टमेन्ट स्टोरले धरानमा शाखा विस्तार गरेसँगै धरानबाट इटहरीसम्म धाएर सामान खरिद गर्नेहरूको लागि सहजता मिलेको छ । धरानको गोरखा डिपार्टमेन्टमाको अण्डर ग्राउण्डमा पर्याप्त पार्किङको सुविधा रहेको छ ।
 
यस्तै ग्राउण्ड फ्लोरमा कस्मेटिक्स, खाद्यान्न र पेयपदार्थ, पहिलो तलामा किचन वेयर, स्टेशनरी, गीफ्ट आइटम र इलेक्ट्रोनिक्स, दोस्रो तलामा लेडिज–जेन्सको कपडा तथा बालबालिकाको कपडा, ब्याग, सुटकेस, सटिङ–सुटिङका कपडाजन्य सामानहरू उपलब्ध रहेको डिपार्टमेन्ट स्टोरले जनाएको छ ।
 
तेस्रो तलामा बैङ्केट हल र खेल खेल्ने ठाउँ, सेमिनार हल तथा चौथो तलामा गोरखा किचन र बैठक हल र पाँचौं तलामा सिनेमा हल सञ्चालनमा रहेको छ ।