ताप्लेजुङ/ ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं-३ सिकैचामा वेवारिसे मानव कंकाल फेला परेको छ ।

सिकैचा ओस्सेको खार्केडाँडामा पुरुषको जस्तो देखिने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थानिय गोठाला हरिस काट्न जाँदा शव भेटेपछि प्रहरीलाई खवर गरेका थिए । कपाल फुलेको, कालो ज्याकेट, कलेजी रंगको सुरुवाल, सेतो स्पोर्ट जुक्ता लगाएको अन्दाजी ५ फिट २ ईन्च उचाई रहेको कंकाल भेटिएको हो ।

उक्त कंकाल सनाखत गर्न कोहि पनि नआएकाले कंकाललाई ईलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको जिल्ला प्रहरी कार्यालयको सञ्चारशाखाले जनाएको छ ।