काठमाडौँ/ आज मङ्गलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने बताइएको छ । हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । 

त्यस्तै पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । आइतबार बेलुका चलेको हावाको गति कम्तिमा ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्डको रहेको जनाइएको छ ।