काठमाडौँ/ कलंकीमा रहेको एक पुलमुनि घाँटी र कम्भरमा घाउचोट लागेको अवस्थामा एक युवकको शव फेला परेको हो ।
चक्रपथ सडक अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान घाँटी र कम्भरमा धारिलो हतियार प्रयोग भइ घाउचोट लागेको अवस्थामा अन्दाजी ३०-३५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फोहोरमा प्लाष्टिकका सामान संकलन गर्न गएका एक बालकले देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको बताइएको छ ।मृतक युवकको पेटको भाग काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरी फालिएको हुनसक्ने र घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।