धरान । चौथो अन्तर्राष्ट्रिय भरौल गोल्डकप बुधबारदेखि शुरु भएको छ ।

सुनसरीको वराहक्षेत्र–५ कालाबन्जारस्थित जडेज माविको खेल मैदानमा भएको उद्घाटन खेलमा वराहक्षेत्र ट्रेनिङ सेन्टरलाई काठमाडौंको चर्चबोइज क्लबले २–० गोलले हराएको छ । न्यूस्टार क्लबको आयोजनामा जारी प्रतियोगितामा चर्चबोइजका निराज बस्नेत र सुमन खड्काले गोल गरेका थिए । चर्चबोइज सेमिफाइलनमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ दी म्याच वराहक्षेत्र टेर्निङ सेन्टरका रबिन राई म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उद्घाटन वराहक्षेत्रका प्रमुख निलम खनाल, न्यूस्टार क्लबका अध्यक्ष भेषराज कार्कीलगायतले गरे ।

चैत २७ गतेसम्म सञ्चालन हुने गोल्डकपमा ८ वटा टिम सहभागी छन् । विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष भेषराज कार्कीले बताए ।