रङ्गेली / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
नेपाल टेलिकम वर्कस युनियनको १० औं महाधिवेशनको उद्घाटनमा सभापति देउवाले ओली सरकारले न्यायलय, संचार क्षेत्र सबैमा हस्तक्षेप गरेको आक्षेप लगाएका हुन । उनले यस्तो हस्तक्षेप कायम रहे त्यसको विरुद्धमा लड्न समेत आवाहन गरे । ‘ट्रेड युनियन आन्दोलनमा जानु पर्ने अवस्था आउन सक्छ ।’ उनले भने ‘त्यसकोलागी काग्रेसका शुभेक्षुक संस्थाहरु एक हुन जरुरी छ ।’
उनले काग्रेस सकारकोपालामा निजि क्षेत्रलाई मौका दिएकोले अहिले संचार जगतको विकास भएको बताए ।‘संचार जगतमा ठूलो क्रान्ति भएको छ’, –उनले भने ।
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले कम्युनिष्ट सरकारबाट सिङ्गो प्रजातन्त्र माथि नै हस्तक्षेप भइरहेकोले फेरी एक पटक सडकबाट आन्दोलन गर्नु पर्ने अवस्था आएको औल्याए । लोकतन्त्र कम्जोर भए जनताका अधिकार कम्जोर हुने भन्दै लोकतन्त्रको रक्षाको लागी आन्दोलन आवश्यक रहेको बताए । लोकतन्त्रको लागी लडेको प्रेस, किसानको जमिन माथि कानुनी रुपमा बन्देज लगाउने प्रपञ्च भइरहेको आरोप लगाए । उनले जनता र टे«ड युनियनहरुको विरोध गर्न पाउने अधिकार खोस्न सरकार उद्दत रहेको बताए ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले संचालकको सानो गल्तिले पनि नेपाल टेलिकम रातारात धरासायी हुन सक्ने भन्दै सचेत गराए । उनले सर्वाजनिक संस्थाको रुपमा राज्यलाई कर बुझाउने संस्थामा राजनैतिक पूर्वाग्रह राखेर काम नगर्नसमेत आग्रह गरे । राज्यको तिब्र विकासका लागी सूचना प्रविधिको दुरदराजका गाँउको जनताको पँहुचमा पुग्नु पर्ने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अमृत अ¥याल, काङ्ग्रेस मोरङ सभापति डिकबहादुर लिम्बु, टे«ड युनियन काङ्ग्रेसका अध्यक्ष पुस्कर आचार्यलगायतले आफ्नो धारणा राखेका थिए ।