काठमाडौं  / नेपाल बार एशोसिएशनको २५औं कार्यसमितिको अध्यक्षमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । महासचिवमा भने वामपन्थी उम्मेदवार सुरेन्द्र थापालाई पछि पार्दै लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल विजयी भएका छन्।

मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ । शनिबार भएको निर्वाचनको सोमबारदेखि मतगणना हुँदै आएको बिहीबार अपराह्न सकिएको थियो ।
अध्यक्षमा चण्डेश्वर श्रेष्ठ,उपाध्यक्ष प्रदेश नम्वर १ बाट मान बहादुर रुम्दाली, उपाध्यक्ष प्रदेश नम्वर २ बाट रामचन्द्र सिंह, उपाध्यक्ष प्रदेश नम्वर ३ बाट ईश्वरी प्रसाद भट्टराई ,उपाध्यक्ष गण्डकी प्रदेशबाट उपाध्यक्ष सुरेन्द्र थापा मगर, उपाध्यक्ष प्रदेश नम्वर ५ बाट सुनिल कुमार श्रेष्ठ , उपाध्यक्ष कर्णालीबाट उपाध्यक्ष मिनबहादुर महत, उपाध्यक्ष प्रदेशबाट उमेश प्रसाद बिष्ट विजयी भएका छन् । प्रदेश ५का उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ कांग्रेस निकटस्थ लोकतान्त्रिक समूहका हुन् ।