धनकुटा/ प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण बिहीबार बिहानैबाट धनकुटामा यातायात सेवा प्रभावित भएको छ ।
बिहानैदेखी सार्वजानिक सावारी साधन नचेलेपछि साप्ताहिक रुपमा लाग्ने बिहीबारे हटिया पुर्ण रुपमा प्रभावित भएको छ । हटियामा टाढाबाट कृषि उपजका वस्तु बिक्री गर्न आउने गाउँका केषक भने बन्दको कारण हिटया भर्न आउन पाएन्न् । गाउँबाट तरकारी लगायतका दैनिक उपभोग्य वस्तु बजारमा नआएपछि जिल्ला सदरमुकाम धनकुटा बजारमा तरकारीको मुल्य आकासिएको धनकुटा–५ का प्रकास थुलुङ्गले बताए । उनले बिहीबार बिहान हटिया जाँदा केही व्यापारीहरुले साग, मटरकोसा, टमाटर बिक्रीको लागि ल्याएको मुल्य सोध्दा आफु दंग परेको बताए । उनले १ केजी टमाटरलाई ६० रुपयाँ, साग ३० रुपयाँ, मटरकोसा ८० रुपयाँसम्म परेको बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काका अनुसार बन्दको कारण बिहीबार बिहानदेखी कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्डमा छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन सञ्चालन नआएको बताए । दुई पाङग्रे र आकस्मिक सेवाका केही सवारी साधन भने सञ्चालनमा रहेकाछन् । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणलाई आवतजावतमा ठूलो समस्या भएको छ भने बिहीबारे हटिया प्रभावित, विद्यालयका बसहरु नपुग्ने सामुदायिक विद्यालयका विद्यार्थिहरुलाई आउन समस्या भएको छ । बन्दको कारण अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको स्थानिय प्रशासनले जनाएको छ ।