उदयपुर/ उदयपुरको कुलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु तीन जना गम्भिर घाईते भएको छ ।

बेलका नगरपालिका–७ मैनामैनी कुलुङमा ब्रेक फेल भई दुर्घटना हुदाँ घटनास्थमै एक जनाको मृत्यु भएको छ भने तीन जान गम्भिर घाईते भएको हो ।

सुनसरीको चतराबाट बेलकाको मयामका लागि हिडेको पिकअपको उकालोमा अचानक ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि पिकअप पछाडी सरेर दुर्घटना भएको थियो ।

दुर्घटनामा बेलका नगरपालिका–७ मैनामैनी निबासी करिब २३ वर्षीय मनोज राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा बेनपा–८ निबासी ३५ वर्षीया चरकुमारी राईको टाउकोमा चोटपक लागेको छ । चालक (सवारी धनी) बेनपा–७ मैनामैनी निबासी करिब २७ वर्षीय अम्बर राईको हात र छातीमा चोट लागेको छ भने बेनपा–७ निबासी ३२ वर्षीया पिपल कुमारी राई घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।