रङ्गेली/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृृद्धिको लागी पत्रकारिता क्षेत्र स्वतन्त्र, निषपच्छ र अनुशासित हुन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समितिको प्रदेश स्तरिय तिन दिने पत्रकारिता तालिमको विराटनगरमा उद्घाटन गर्दै नागरिक र सरकारबीचको सेतुको रुपमा रहेको पत्रकारिता पेशालाई मार्यादित बनाउन आवश्यक रहेको औल्याए ।
मुख्यमन्त्री राईले राष्ट्रिय समाचार समितीले सरकारका समाचार ढाक छोप नगरि सत्यतथ्यमा आधारित भएर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा सञ्चार क्षेत्रको दुरुपयोग बढीरहेकोले सञ्चार माध्यमहरु मार्यादित हुन आवश्यक रहेको बताए ।
उहाँले सरकारी सञ्चारमाध्यम सशक्त भए सत्यतथ्य समाचार बाहिर आउने भएकाले सरकारी सञ्चार गृह नयाँ गति र नयाँ उचाईका साथ अघि बढ्नु पर्ने बताए ।
राष्ट्रिय समाचार समितीका अध्यक्ष हरीहर अधिकारीले राष्ट्रिय समाचार समिती प्रतिको परम्पारगत दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । तालिममा प्रदेश न १ का १४ जिल्लाका रासस संवाददाता सहित ३५ जनाको सहभागिता रहेको छ ।