धनकुटा/ धनकुटाको शहीदभूमी गाउँपालिका-७ देउरालीमा सोमवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।
भित्री सडक खण्डमा साँझ ६ बजे देउरालीबाट चाम्चा तर्फ जाँदै गरेको मे १ त ३०७० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थान बस्ने वर्ष २२ को ओम बहादुर राइको मृत्यु भएको हो ।
ट्याक्टरका चालक सोही स्थान बस्ने बर्ष २५ को जीवन परियार फरार रहेकोले खोजी कार्य भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।