पाँचथर/ पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेण्ट लागेर बुधवार १ बालकको मृत्यु भएको छ ।

करेण्ट लागेर सोही स्थान बस्ने लाल वहादुर सारुमगरको छोरा वर्ष ११ को सनम मगरको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा अचानक करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।