भद्रपुर/ झापाको कनकाई नदीको पुलमा शङ्कास्पद बस्तु भेटिएको छ ।
पूर्व– पश्चिम मुख्य सडकमा आइतबार बिहानै पुलमा शङ्कास्पद बस्तु देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शङ्कासपद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले सुरक्षाका कारण आवत–जावत बन्द गरिएको र प्रहरी टोलीले सुरक्षा दिइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाको चारआली ब्यारेकबाट बम डिस्पोजल टोली पुगेको छ । शङ्कास्पद बस्तु कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ ।