सिरहा/ स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिस कुमार सिंहलाई स्थानियहरुले कुटपिट गरी ज्यान लिएको छ ।

उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादवकाे घरमा चोरीको आरोपमा विजुली पोलमा बाधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

यो घटना बैशाख २८ गते शनिबार रातीको हो । तेनुवापट्टी चौककै अधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घर स्थित विजुली पोलमा बाधिएर स्थानियहरुको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउसो छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले बताए ।

pol

प्रहरी मुखर्दशक
प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखर्दशक भएको विरुद्धमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै स्थानीयबासीले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड अवरुद्ध पारेको थियो ।

सडक अबवरुद्धको साथै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वटा बुदांमा छलफल भएर घेरावन्दी र सडक अबरोध खुलियो ।