सुनसरी/ धरान-इटहरी सडकखण्ड सेउतीपुल नजिकै आज बिहान शंकास्पद बस्तु फेला परेको थियो ।

सेउती पुल दक्षिण खानेपानीको टंकी नजिक क्षेत्रमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

विप्लव पार्टीको बन्द आह्वान भएकोले उक्त बस्तु सोही पार्टीले राखेको हुनसक्ने अनुमान छ ।

शंकास्पद बस्तु भेटिएपछि केही समय कोशीराजमार्ग अवरुद्ध भएको सोही सडक भएर इटहरी जादै गरेकाे इलाका प्रहरी कार्यालयले जानकारी दिए ।