देउराली । डेङ्गु लामखुट्टेको टोकाइबाट धरानमा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा गम्भीर अवस्थामा उपचारकालागि आइपुगेका धरान उपमहानगरपालिका १५ की मनु सुनुबारको मृत्यु भएको हो । मृत्यु भएका सुनुबारको रगतमा डेङ्गु देखापरेको प्रतिष्ठनका डा. विकास साहले जानकारी दिएका छन् ।
सुनुबारलाई आकस्मिक कक्षमा उपचार सम्भव नभएका कारण आइ सि यूमा उपचार गर्ने क्रममा उनको मृत्यु भएका साहले बताए ।