ताप्लेजुङ/ ताप्लेजुङमा नेपाल टेलिकमले वितरण गरेको एनटिसी मोबाइल तथा एडिएसएल सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । शुक्रबार रातिबाट सो सेवा अवरुद्ध भएको हो ।

सेवा अवरुद्ध भएसँगै सेवाग्राहीहरू प्रभावित भएका छन् भने गाउँ– गाउँसम्मको सम्पर्क हुनसकेको छैन । शुक्रबार रातिदेखि मोबाइल र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भए पनि अवरुद्ध हुनुको कारण बारे टेलिकमले जानकारी दिएको छैन ।

यस विषयमा जानकारी लिन नेपाल टेलिकम ताप्लेजुङ शाखामा टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जिल्लामा इन्टरनेटका लागि सबैभन्दा बढी एडिएसएल सेवा वितरण गरिएको छ भने केही प्रयोगकर्ताले भने इन्टरनेट सेवा प्रदायक सुविसु कम्पनीको इन्टरनेट प्रयोग गर्दै आएका छन् । सो कम्पनीको इन्टरनेट भने चालू अवस्थामा रहेको सुविसुका ताप्लेजुङ इञ्चार्ज युगराज गुरुङले बताए ।