उदयपुर/ नेपाली नक्कली नोटसहित उदयपुरको चौदण्डीबाट एक बालक पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–५ बाट १ हजारका दरको नेपाली नोटसहित १५ वर्षीय बालक पक्राउ परेका हुन् ।
स्थानीय किराना पसलमा बालकले सामान किन्दा दिएको १ हजारको नेपाली नोट शङ्का लागेर चेक गर्दा नक्कलीजस्तो देखिएपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि घटनास्थल पुगी प्रहरीले बालकलाई खानतलासी गर्दा उनको साथबाट ४१ थान नक्कली नोट फेला पारेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका बालकलाई इलाका प्रहरी कार्यालय बेलटार ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।