इटहरी/ सडकमा भएका खाल्डाखुल्डी पुर्न र टेङ्ग्रा पुल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोस व्यक्त गरेका छन् ।
सडक सुशासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरूसँग गरेको छलफल कार्यक्रममा आक्रोस व्यक्त गरेका हुन् ।
छलफलमा इटहरी–४ का वडाध्यक्ष चन्द्र भट्टराईले पुल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको बारेमा ध्यानाकर्षण गराए । सडकमा भएका खाल्डाखुल्डी पुर्न र पुल मर्मतमा किन लापरबाही गरिएको भन्दै प्रश्न गरे ।