धरान / नेकपाले उपनिर्वाचनलाई लक्षित गरेर धरानका सञ्चार गृहहरूसँग अन्तरक्रिया गरेकाे छ । सञ्चार गृहहरूकाे वृतिविकासमा नेकपाकाे भूमिकाबारे छलफल भएकाे छ । प्रचार प्रसार तथा प्रकाशन उपसमितीकाे संयाेजनमा भएकाे छलफलमा निर्वाचन परिचालन मुल समितिकाेका संयाेजक रमेश बस्नेतले नेकपाले धरानकाे मिडिया हाउसकाे वृद्धि विकासका ला्गि सहकार्य गर्ने बताए । मिडिया संचालकहरूले पार्टी र मिडिया हाउस विच निरन्तर छलफल छलफल अावश्य भएकाे बताएका छन् । प्रचार उपसमिती संयाेजक भीम ज्वाला राईले धरानका मिडिया विकासका लागि नेकपा प्रतिवद्व रहेकाे बताए । धरानकाे स सम्वृद्धिका लागि गाैरवका याेजनाहरू भित्राएकाले उपनिर्वाचनमा सहयाेगकाे अपेक्षा रहेकाे बताए ।

IMG20191111095625

IMG20191111091206