विराटनगर/ विराटनगर–१९ मिलनचौकमा गएराती टिपरको ठक्करबाट विराटनगरमा एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।

मंगलबार राति सढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिदा हजुरबुवा र नातिनिको घटनास्थलमा मृत्यु भएको हो । मृत्यत हुनेमा मोरङ ग्रामथान गाउँपालिका २ का ४५ वर्षिय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षिय सबिता सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटचोक घिनाघाट सडक खण्डमा विराटनगर तर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले पूर्व तर्फ जादै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

दुईजनाको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका छन् । आगजनी पछि नाराबाजी गरेका कारण प्रहरीलाई घटना स्थलसम्म पुग्न हम्मेहम्मे परेको थियो ।

टिफर चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका ५ का ३३ वर्षिय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।