धरान । धनकुटाले जिल्लाभित्र अन्य क्षेत्रका सब्जी नल्याउने गरेको सर्वदलीय, सर्वपक्षीय निर्णयका कारण तराईबाट पठाइएका सब्जी रोकिएपछि प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले समन्वय गर्ने बताएका छन् ।

धरानको कृषि उपज बजार स्थलले लकडाउनको अवधिमा अपनाएको वितरण प्रणालीका विषयमा बुझ्न धरान आइपुगेका मन्त्री मगरले धनकुटासँग आवश्यक समन्वय गर्ने बताएका हुन् । समन्वय गर्दा पनि समाधान नआएमा पत्राचार गरेर प्रक्रिया अगाडि बढाउने आश्वासन दिए ।

krisi_bazzar_dharan_13_inspection_one

कृषि उपज बजार स्थलको निरीक्षणपश्चातको कार्यक्रममा भने, ‘धनकुटाले तराईबाट सब्जी भित्र्याउन नदिएको विषयमा आफैले आवश्यक समन्वय गर्छु, भएन भने पत्राचार गरेरै समाधान गर्नेछु ।’ धरानबाट कृषिजन्य वस्तुहरू पहाडी जिल्लाहरूमा पनि जाने गरेको छ । तर, धनकुटाले रोकिदिँदा अन्यत्र जान सकिरहेको छैन । कृषि उपज बजार स्थलका व्यवस्थापन लक्ष्मण भट्टराइले बजारकाे बारेमा जानकारी गराउने क्रममा धनकुटाकाे अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।