सिरहा/ नरहा गाउँपालिका वडा नं. २ पानवरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
स्थानीय रामजुलुम यादवकी १४ वर्षिय छोरी सम्झना कुमारीको पानी तान्ने मोटरमा करेन्ट लागेर मृत्यु भएको हो ।
पानी तान्ने मोटरमा करेन्ट लागेर सख्त घाइते भएकी सम्झनाको उपचार गराउन लानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी (डिएसपी) विनोद घिमिरेले जानकारी दिनुभयो ।
किशोरीको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।