ब्लाष्टखबर/ सिद्धिचरण नगरपालिका-८ सेतिदेवीस्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा ३ ख ९६ नम्बरकाे ट्रक काठमाडाैंबाट रड बाेकेर साेलुकाे बेनीतर्फ जाँदै गरेकाे बिहान साँढे ४ बजे दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा ट्रक चालक दोलखा जिरी नगरपालिका-४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।