भद्रपुर/ भद्रपुर भन्सार कार्यालयबाट पास भएको कपडाको भेन जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

भन्सारमा अनियमिता हुने गरेको सूचना प्रहरीलाइ जानकारी आएपछि सूचनाको आधारमा गएका सादा पोसाकका प्रहरी कर्मचारीले मे १ ज १३९५ नम्बरको कपडा सहितको भेन वुधबार नियन्त्रणमा लिएका थिए ।

दुइवटा भेनमा शङ्का लागेपनि डेढ घण्टाको फरक पारेर भेन पास भएपछि पहिलो भेन मात्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । पहिलो भेन नियन्त्रणमा परेको व्यापारीले जानकारी पाएपछि दोस्रो भेनमा गडबढी नगरेको प्रहरीले जानकारी पाएको थियो ।

प्रहरीले यो विषयमा भने केही भन्न नमिल्ने जनाएको छ । विहीबार चेक जाँच गरेर मात्र जानकारी दिने जनाएको छ ।