धरान/ साङ्ग्रिला डेभलपमेण्ट बैङ्क लिमिटेडले सेवाग्राहीलाई लक्षित गर्दै ‘साङ्ग्रिला घर कर्जा योजना’ ल्याएको छ ।

बैङ्कले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको हो ।

यस कर्जा योजनामा सेवाग्राहीले आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद गर्न, घर निर्माण गर्न र अपार्टमेण्ट खरिद गर्नका लागि कर्जा लिन सक्ने बैङ्कले जनाएको छ । बैङ्कका अनुसार सेवाग्राहीले ५० हजार रुपैयाँको कोरोना बिमा र ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमासमेत पाउने भएका छन् ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठका अनुसार सेवाग्राहीलाई लक्षित गर्दै बैङ्कले नयाँ योजना ल्याएको हो । देशभर ९१ वटा शाखा कार्यालय रहेको बैङ्कले ३० वटा एटिएम सेवा दिँदै आएको छ ।