भोजपुर/ भोजपुरमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्न्युनिष्ट पार्टी नेकपाका मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द रिहा भए लगतै पुनः पक्राउ परेका छन् ।

प्रतिबन्धित नेकपाका केन्द्रिय सदस्य समेत रहेका उनि जिल्ला अदालत भोजपुरको आदेशमा साधारण तारिखमा रिहा भए लगतै मंगलबार पुनः पक्राउ परेका हुन् । चन्द विरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धि मुद्धा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले बताए ।

चन्दको नाममा संखुवासभा बाट समेत पक्राउपुर्जी जारी भएकाले पुन नियन्त्रणमा लिईएको उन्ले जानकारी दिए । सर्वोच्च अदातलमा गैरकानुनी रुपमा कारगार चलान भएको प्रति बन्दि प्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीश द्धय दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा नेता चन्दलाई बिना धरौटी रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

यसअघि हातहतियार तथा सांगठानिक अपराध लगायतका मुद्धामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उन्ले धरौटी बुझाउन नसके पछि कारागार चलान गरिएको थियो । पुनः पक्राउ गरिएका चन्दलाई संखुवासभा पठाई सकिएको छ । चन्दलाई गत साउन १५ गते काभ्रेपलान्चोकबाट पक्राउ गरि जिल्ला ल्याईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।