धरान / जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा तीन दिन निषेधाज्ञा थप गरेको छ ।

आज शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले भदौ १७ गते मध्यरातीसम्म जिल्लाभर निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए ।

यसअघि भदौ १४ गतेसम्म जिल्लालाई निषेधित क्षेत्रको निर्णय गरिएको थियो । बैठकमा व्यवसायीहरुले बजार खोल्नु पर्ने प्रस्ताव गरेपछि १७ गते बैठक बसेर बजार खोल्ने कि फेरि निषेधाज्ञा थप्ने भन्ने निर्णय गरिने भएको छ ।