मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकामा विभिन्न सञ्चार माध्यममा (आवद्ध) कार्यरत सञ्चारकर्मीहरू मिलेर मिक्लाजुङ सञ्चार क्लब गठन भएको छ ।

सञ्चारकर्मी सन्तोष गौतमकोे अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा गंगा लामा, महासचिवमा युवराज दाहाल, सचिवमा प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा सुष्मा नेपाली चयन भए । यसै गरी सदस्यहरूमा टीका शिवा, चन्द्र लकान्द्री, खगेन्द्र चौहान, महेन्द्र थेगिम, लभसिंह श्रेष्ठ र देव राई रहेका छन् । 

मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा संगीतकर्मी विशाल राईको अध्यक्षतामा सम्पन्न भएको हो ।