यासोक। पाँचथरको कुम्मायक गाउँपालिको बजार कालो पत्रे काममा अनुगमन र निरिक्षण गरिएको छ ।
सहरी बिकाश तथा भवन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्र सहितको प्राविधिक टोलिले बजारको अनुगमन र निरिक्षण गरेको हो ।
प्रदेश सरकारको सहयोगमा यासोक बजार कालो पत्रेको काम हुदै आएको छ । बजारमा साढे तिन किलोमिटर बजार कालो पत्रेको काम धमाधम हुदै आएको छ ।
योजनाको काममा केही दिन अघि भएको अवरोध हटाउँन र डिपिआरमा भएको प्राविधिक कम्जोरीको बिषयमा जनगुनासो बढेको भन्दै कार्यालयले योजनाको निरिक्षण र अनुगमन गरेको हो ।
बजारको बिभिन्न भागमा हुने कालो पत्रे योजना अघि बढाउँन व्यवसायी र जग्गाधनीहरुसंग टोलिले आवश्यक छलफल र परार्मश गरी अवरोध हटाएको छ ।
यासोक बजारदेखि थापा गाउँसम्मको सडकमा अवरोध सृर्जना भएको थियो । स्थानीय जग्गाधनीले लगत कट्टा गरिएको स्थानबाट बाटो बनाउँन आग्रह गरेका थिए ।
तर लगत कट्टा गरेको केही भागमा पहिरोको जोखिम भएकाले उक्त स्थानमा सहमती नहुदा एक हप्तासम्म योजनाको काम रोकिएको थियो ।
तर कार्यालयबाट गएको टोलिले सहमती निकाल्दै योजनाको काम अघि बढाएको कार्यालयका प्रमुख रुद्रनारायण मिश्रले बताए ।
‘बजारमा संरचना निर्माण गर्दा जुनसुकै स्थानमा पनि यस्तो सामान्य विबाद आउँन सक्छ् यसलाई ठुलो रुप लिनु हुन्न ।' मिश्रले भने ।
डिपिआरमा छुटेको यासोक क्याम्पससम्मको सडकलाई कसरी सम्बोधन गर्न सकिन्छ ? त्यो बिषयमा कार्यालयले प्रकृया अघि बढाउँने मिश्रको दावि छ ।
बजारबासीले सबै क्षेत्रलाई डिपिआरमा समेटेको भएपनि गाउँपालिकाको गहना यासोक क्याम्पस कालो पत्रेमा छुटेको बिषयमा चिन्ता ब्यक्त गरेका थिए ।
यासोक क्याम्पसलाई डिपिआर गरेको भएपनि कालो पत्रेमा छुटेको भन्दै यसलाई पनि समेट्न कार्यालयलाई माग गरेका छन ।
सहरी बिकाश तथा भवन कार्यालय इलामले १० करोड ५२ लाख ४६ हजार ३५५ मा सियम कृष्ण लक्ष्मी जेभी काठमाडाैंलाई ठेक्का दिएको थियो ।
ठेक्का पाएको निर्माण कम्पनीले योजनाको कामलाई तिब्रता दिएको छ ।